Skip to main content

शिक्षक पदका परीक्षार्थिका लागि केहि टिप्स :लक्ष्मण शर्मा

आयोग तयारीमा लाग्नुभएका तथा लाग्नुहुने सम्पूर्णमा सफलताको कामनागर्दै आयोग तयारीका लागि केही
महत्वपूर्ण टिप्स प्रस्तुत गर्न चाहन्छौ ।
१. सर्वप्रथम परिमार्जित पाठ्यक्रमको परीक्षा योजना (प्रश्न ढाँचा) सम्बन्धमा स्पष्ट हुनुहोस् ः–
– परिमार्जित पाठ्यक्रमअनुसार परीक्षाजम्मा १०० पूर्णाङ्कको हुनेछ जसमा ३ खण्डबाट प्रश्न सोधिनेछ । पहिलो खण्ड
शिक्षा सम्बन्धी आधारभूत ज्ञान अन्तरगत प्रति प्रश्न १ अङ्कका दरले २० प्रश्नको अङ्कभार २० रहेको छ भने उक्त प्रश्नका लागि
२० मिनेटकै समय छुट्याइएको छ । यो खण्ड सबै विषयका शिक्षक पदका लागि एउटै हुनेछ । त्यस्तै खण्ड ख सम्बन्धित विषयको
माध्यमिक तहको पाठ्यक्रम, शिक्षण विधिएवम् प्रविधिसँग सम्बन्धित रहेको छ भने खण्ड ग सम्बन्धित विषयको विषयवस्तु
सम्बन्धी ज्ञान रहेको छ । यीदुवै खण्डबाट प्रतिप्रश्न ५ अङ्कका दरले ६÷६ वटा छोटा र प्रतिप्रश्न १० अङ्कका दरले १÷१ वटा
लामो उत्तर आउने प्रश्नहरु सोधिनेछन् । दुवै खण्डको अङ्कभार ४०÷४० रहेको छ भने समयावधि २ घण्टा ४० मिनेटको रहेको छ ।
– माथि उल्लेखित प्रश्नयोजना अनुसार शिक्षक सेवा आयोगले सार्वजनिक गरेको पाठ्यक्रमलाई शूक्ष्म रुपमा गहिरिएर अध्ययन
गर्नहोस् । पाठ्यक्रम आयोगको वेभसाइट www. tsc.gov.np बाट डाउनलोड गर्न सक्नुहुनेछ ।
२. पहिलो खण्ड शिक्षा सम्बन्धी आधारभूत ज्ञानको तयारीकालागिः–
– यस खण्डबाट वस्तुगत प्रश्नमात्र सोधिने भएकाले पाठ्यक्रमले निर्देश गरेका टपिकका बारेमा विभिन्न सामाग्रीहरु जुटाई
मुख्यमुख्य कुरालाई टिपोट गरेर अध्ययन गर्नुहोस् ।
– कतिपय प्रश्नको उत्तर पुस्तकअनुसार फरक फरक पाइने हुनाले आधिकारिक सामग्रीको अध्ययनगर्नुहोस् ।
– वस्तुगत प्रश्नको तयारी गर्दा मूख्य शब्द वा बुँदालाई छोटकरीमा शुत्रबनाएर अध्ययनगर्दा सम्झन सजिलो हुन्छ ।
३. सम्बन्धित विषयको माध्यमिक तहको पाठ्यक्रम, शिक्षणविधि एवम् प्रविधि अन्र्तगतको ४० अङ्कभारको
तयारीकालागिः–
– तपाईंले छनोट गर्नुभएको विषयको माध्यमिक तहको पाठ्यक्रम र पाठ्यपुस्तकको गहन विश्लेषणात्मक अध्ययन गर्नुहोस् ।
– सम्बन्धिततह र विषयको शिक्षक निर्देशिकाको अनिवार्य रुपमा अध्ययन गर्नुहोस् ।
– ९ र १० कक्षाका शिक्षक निर्देशिका वजारमा उपलब्ध नभएकाले www.nepaknol.net/cdc/libray बाट डाउनलोड गरी हेर्न
सक्नुहुनेछ ।
– शिक्षाशास्त्र संकायका प्लस टु, स्नातकवा स्नातकोत्तर तहका सम्बन्धित विषयका मेथडसँग सम्बन्धित पुस्तकहरु जस्तैः
भ्ीत्, नेपालीभाषा शिक्षण, गणित शिक्षण आदिको अध्ययन गर्नुहोस् ।
– हालकक्षा ९ का अनिवार्य विषयहरु परिमार्जन भएकाले सम्बन्धित पुस्तकको पनि अध्ययन गर्नुहोस् ।
४. सम्वन्धितविषयको विषयवस्तुसम्बन्धी ज्ञानअन्र्तगतको ४० अङ्कभारको तयारीकालागिः–
– पाठ्यक्रममा उल्लेख भए अनुसारका विषयवस्तु्सँग सम्बन्धित प्लस टु वा प्रमाणपत्र, स्नातकतथा स्नातकोत्तर तहका
(विशेषगरी स्नातकतह) पाठ्यपुस्तकको अध्ययन गर्नुहोस् ।
– यी विषयवस्तुको अध्ययनगर्दा क्याम्पसमा जस्तो वृहत अध्ययन नगरी मूख्यमूख्य कुराको मात्र अध्ययन गर्नुहोस् किनकी
पढ्नुपर्ने टपिकहरु धेरै छन् तर अङ्कभार थोरै छुट्याइएको छ ।
५. बजारमा निस्केका सहयोगी पुस्तक, गाइड, गेसपेपरभन्दा आधिकारिक सामाग्रीहरुको अध्ययनगर्नुहोस् । केही आधिकारिक
सामाग्रीहरु ः–
– कानुनी किताव विकास समितिद्धारा प्रकाशित संविधान तथा शिक्षासँग सम्वन्धित विभिन्न ऐननियम तथा
नियमावलीहरु
– शिक्षामन्त्रालय, शिक्षाविभाग जस्ता निकायद्धारा प्रकाशित विभिन्न पुस्तक, बुलेटिन, पत्रपत्रिका, लेख आदि,
– प्लस टु वा प्रमाणपत्र तह, स्नातक तथा स्नातकोत्तर तहका विभिन्न पुस्तकहरु, आदि ।
– बजारमा थुप्रै किसिमका सहयोगी पुस्तकहरु पाइने भएकाले लेखक, प्रकाशक, पुस्तकभित्र प्रस्तुत गरिएका विषयवस्तु र त्यसको
प्रस्तति शैली, लेखन शैलीआदि हेरेर मात्र छनौट गर्नुहोस् ।
६. पाठ्यक्रमले तोकेको विषयका महत्वपूर्ण कुराहरुलाई बुँदामा टिपोट गरी नोट बनाएर पढ्नुहोस् ।
७. मन मिल्ने साथीहरुवीच छलफल तथा अन्र्तक्रिया गरी अध्ययन गर्नुहोस् ।
८. परीक्षामा सोध्न सक्ने सम्भावित प्रश्नहरु तयार पार्ने र त्यसको उत्तर लेख्ने वानी वसाल्नुहोस् ।
९. सके सम्म शूत्रवनाएर पढ्ने (छोटकरीमा वा सङ्केतमा) र बुँदागत वा चित्रात्मक रुपमाउत्तर लख्ने गर्नुहोस् ।
१०. भनिन्छ, सफल हुनेहरु फरक काम गर्दैनन् सोही कामलाई फरक तरिकाले गर्छन । त्यसकारण तपाईले पनिप्रश्नको उत्तर कसरी
हुन्छ,अरुले भन्दा फरक तथा आकर्षक बनाउने प्रयास गर्नुहोस् ।
उत्तरलाई फरक तथाआकर्षक बनाउने केही तरीकाहरुः
– प्रश्नको सुरुवातमै प्रश्नले मागेको उत्तरको मेन थीमवा साराशंलाई कोटेशनको रुपमा प्रस्तुतगर्ने, जस्तैः कार्यमूलक
अनुसन्धानसँग सम्बन्धित प्रश्नमा “No Teacher Without CAR (Classroom Action Research)”, शिक्षकनिर्देशिकाः“शिक्षक
निर्देशिका शिक्षकको एक असल साथी ।
गराउँछ पाठ्यक्रमको उद्देश्यपूर्ति र सिकाइमा प्रभावकारी ।।”
– प्रश्नअनुसार थोरै पृष्ठभूमी लेखी बुँदागत रुपमाउत्तर प्रस्तुतगर्ने र अन्त्यमा सुझाबात्मक एवम् सकारात्मक निष्कर्षबाट उत्तर
समापन गर्ने,
– सकेसम्म उत्तरलाई चित्र, तालिका, रेखाचित्र, वृक्षचित्र, डायग्रामआदिमार्फत प्रस्तुतगर्ने,
– आफुले जानेको होइनकि प्रश्नले मागेको उत्तर दिने,
– उत्तर लेख्ने शैलीमा विविधता ल्याउने,
– प्रश्नको अङ्कभारअनुसार समय व्यवस्थापन गरी उत्तर लेख्ने, आदि ।

Popular posts from this blog

नेपाल रेडक्रस सोसाइटी

विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...