Skip to main content

कथा : शिक्षक र हली

कथा:- शिक्षक र हली
खेमलाल पहारी

तिमीहरूलाई ग्रेडिंग सिस्टम भनेको थाह छ त? शिक्षकले सोधे। विद्यार्थीले एकै स्वरमा भने, "छैन सर।" र प्रश्न सूचक दृष्टिहरू शिक्षकमा केन्द्रीत भए। शिक्षकले निधार खुम्च्याउँदै जवाफ दिए, "मलाई पनि छैन।" नौलो प्रणालीको परीक्षाको तयारी उनिहरूले घुँडोमुण्टो जोतेरै गरे।

"एकै मिनट सर, प्लीज़ सर, डिका दिन्छु नि!
सर यत्ति , सकिनै आट्यो!
अण्डरलाइन गर्छु नि म्याम, अर्को रुन्चे अनुहार।
सर मेरो ग्राफ स्टिच भाछैन
जाजा म टाँसि दिउँला
"नाइँ सर मेरै अगाडि। यहा जीन्दगीको सवाल छ।"
अघि स्टिच स्टिच भनेर घोक्रो सुकाउँदा के हेर्याथिस्?
केटो आशु झार्छ। गार्ड हपार्छन् - खै कहाँ हो कपी मिला। ग्राफका टुक्रा टाँसेर केटो हुर्रिएर बाहिर जान्छ र नाच्दै भर्यांग् झर्छ हन्ड्रेइड् बाई हन्ड्रेइड्!

रुँदै अर्की - सर, मेरो हात ढीलो चल्छ। भ्याउँदिन।  म्याप भर्छु नि सर! मैले सवै मिलाउँछु।
पर्दैन, छट। शिक्षक कपी तान्न खोज्छन्। नानी डाँको छोडेर रुन्छे। शिक्षक कपी थुत्दैनन् कपी पाएर आँशु पुछ्दै नक्सा भर्छे र उफ्रिंदै निस्कन्छे।
एकादुई खबर यस्तो पनि सुनिन्छ दक्षिण पूर्वमा केन्द्राध्यक्ष लगायत गार्ड र दर्जन विद्यार्थी निलम्बनमा परे रे।

जिल्ला जिल्लामा एस एल सी का कपी आउँछन्। केहि शिक्षक कपी परिक्षण गर्न परिक्षण केन्द्रमा पुग्छन् केही मास्टर विदा लिएर खर खडाई काट्न जान्छन् तर भेट एउटै स्थानमा हुन्छ।
एक बिहान केन्द्रमा एउटाले सोधे- कति कपी फाल्नुभो गुरू?
छ वटा परीक्षण गरें, उत्तर आयो।
दुई घण्टामा छ वटा! तिमी बुढाले गरि खान्नौ। मैले पुरै पच्चीसवटा रूख फाँडें रातेले नाकका पोरा फुलाउँदै भने।
ए गुरू यता हेर्नु त, क्या एस्से लेख्या रैछ; पुरै चार पेज। अक्षर पनि छापा जस्ता, वाह!
अर्को कोठामा अर्का एकजना भन्दैथिए - थुक्क यस्तो पनि हो ग्राफै छैन। ऊ क्या त ढोकाको कुनामा, बेन्चमुनि ऊ त्यहाँ .......... सवैजना आआफ्नै धुनमा आआफ्नै तुनेलोमा थिए शिक्षकहरूले कपी परिक्षण गरे र मास्टरहरूले खर खडाई फाँडे।
यो कपी कसले जाँचेको हो? ओ माडसाब यहाँ आउनुस् के नंबर दिएको यो? हरीयो कलमवाला झोक्किए।
अँतनि सर चार चार पन्ना लेखेको छ १० त अलि कमै हो है सर! ११ दिऊँ ?रातो कलम ले नंबर ओकल्यो। हरीयो कलमलाई के भयो कुन्नि उसले रातेलाई कपी दिंदै भन्यो १२ दिनुस् तर पुरै पढेर। रातले १५ मिनट लगाएर कपी पढ्यो र दिएक नंबर  को बिचमा दशमलवको थोप्लो ठोक्यो र घर काम छ भनेर कपी एउटा कुनामा फ्यात्त फ्यालेर बाहिर हुर्रीयो।
के गरेको यो? अर्को हरियो कलम करायो।
यसरि मिलाउन पाइन्छ र सर यो तरिका त मिलेन नि, मैले त अर्कै तरिकाले पढाउँछु राते बोल्यो।
प्रश्न तपाईंको हैन विद्यार्थीले के गर्यो हो। यहाँ यहाँ यहाँ पुरै नंबर दिनुस्। १२ नंबर थप भयो। राते नाजवाफ बाहिरियो।
यता यस्तो चलिरहँदा पारि कोठामा हल्ला भयो अंग्रेजी को हरियो ले स्वास्थ्यका १० वटा गह्रा जोतेछ। अर्को दिन त बजारमै हल्ला भयो एउटा हरियो ट्र्याक्टरले एकै दिनमा ३०० वटा उत्तरका गह्रा जोत्यो रे। समग्रमा माड्साबहरूको खर खडाइको ब्यापार नाफामूलक नै रह्यो।

अबको केही हप्तामा परीक्षाफल प्रकाशित हुनेछ। मिश्रित नतिजा आउने छ। गजल लेखेर ग्रेड बटुल्नेहरू एघार कक्षामा विज्ञान पढ्ने छन्। दिनको डेढसय एकड् जमीन जोत्ने राते र तीनसय एकड् सम्याउने हरीया हलीको चेपुवामा परेका बबुरा बबुरीले गलापासो लगाउने वा विष सेवन गर्ने छन्।
बाबु नानी हो त्यसो कहिल्यै नगर्नु। अहिले खेति बिग्रेपनि अर्को पटक राम्रो हुनेछ।
थुक्क खर खडाई धिक्कार निकम्मा कामचोर राते र हरिया हली!

Popular posts from this blog

नेपाल रेडक्रस सोसाइटी

विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...