गजल आफैलाई तल पारेर सम्झौता गर्न म चाहन्न । जिन्दगी सँग हारेर सम्झौता गर्न म चाहन्न ।। नदेखाऊ मलाई बिदेशी मोह रम्छु यही माटोमा । बसाई अन्तै सारेर सम्झौता गर्न म चाहन्न ।। यो मुटु भरी हिमाल पहाड तराईको माया छ । त्यो चोखो माया मारेर सम्झौता गर्न म चाहन्न।। जे गर्न सक्छु आजै गर्छु यो देशलाई सजाउंछु । भोलिभोलि भन्दै टारेर सम्झौता गर्न म चाहन्न ।। गजल कुरेर बसें तिमीलाई कलेजको गेटमा आईंनौ । तिम्ले आफै तोकेको उहि पुरानो डेटमा आईनौ ।। रातैभरी नानाथरि कुरा गर्थ्यौ च्याटमा आउदा । अनायासै हराइछौ फेसबुक इन्टरनेटमा आइनौ ।। याद आउँछ घरि घरि नछुट्टिने कसम खाको । छोड्नै परे पनि भन किन अन्तिम भेटमा आइनौ । कुर्ता सुरुवाल हराएछ, गुन्यू चोली लगाइछौ । धेरै पछि आयौ तिमी खै पुरानो सेटमा आइनौ ।। सिउंदोमा सिन्दुर सजिएछ, जीऊ डाल फेरिएछ । आउन त आयौ तिमी उहि पुरानो पेटमा आइनौ ।। २०७३-०६-२८/ बिहान ५:०० गजल बाहिर हाँसो भित्र धेरै पीरहरु छन यहाँ । घर भित्रै ठूल्ठूला जंजीरहरु छन् यहाँ ।। बिहानीमा डोको बोकी घाँस काटन जाँदा । चिप्लिएमा ज्यानै लिने भीरहरु छन यहां ।। दिनभर मेलापात साँझ घर...
A Complete Educational Blog