Skip to main content

बिब्यस सम्बन्धी जानकारी

सामुदायिक विद्यालयको सञ्चालन, रेखदेख र
व्यवस्थापन गर्नको लागि प्रत्येक विद्यालयमा देहायका सदस्यहरू रहेको एक विद्यालय व्यवस्थापन समिति रहनेछः–
गठन प्रक्रिया
(क) अभिभावकले आफूहरु मध्येबाट छानी पठाएका दुईजना महिला सहित चारजना -- सदस्य
(ख) विद्यालय रहेको गाउँपालिका वा नगरपालिकाको
सम्बन्धित वडाको वडा अध्यक्ष वा वडा समितिका सदस्यहरुमध्येबाट सो वडा समितिले मनोनयन गरेको सदस्य –सदस्य
(ग) विद्यालयका संस्थापक, स्थानीय बुद्धिजिवी, शिक्षाप्रेमी, विद्यालयलाई निरन्तर दश वर्षदेखि सहयोग गर्ने वा विद्यालयलाई दश लाख वा सो भन्दा बढी नगद वा जिन्सी सहयोग गरेका व्यक्तिहरूमध्येबाट विद्यालय व्यवस्थापन समितिले मनोनीत गरेको एकजना महिला सहित दुईजना –सदस्य
(घ) विद्यालयका शिक्षकले आफूहरुमध्येबाट छानी पठाएको एकजना –सदस्य
(ङ) बिद्यालयको प्रधानाध्यापक -- सदस्य सचिब
विद्यालय व्यवस्थापन समितिका सदस्यहरुले
उपदफा (१) को खण्ड (क), (ख) वा (ग) बमोजिमका
सदस्यहरुमध्येबाट छानेको सदस्य सो समितिको अध्यक्ष  हुनेछ ।
(२ख) विद्यालय व्यवस्थापन समितिको अध्यक्ष छनौट नभएसम्मका लागि वा अध्यक्षको अनुपस्थितिमा सो
समितिका ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।

काम कर्तब्य र अधिकारहरु
# बिध्यालयको सञ्चालन रेखदेख निरीक्षण र ब्यबस्थापन गर्ने ।
# बिध्यालयको लागि चाहिने आर्थिक स्रोत जुटाउने ।
# शिक्षकलाई तालिमको लागि छनोट गर्ने ।
#  शिक्षकहरुको सेवाको सुरक्षा र सम्बर्धन गर्ने ।
#  बिद्यालय को स्रोत बाट बेहोर्ने गरी शिक्षक तथा कर्मचारी नियुक्त गर्ने । त्यसरी नियुक्त शिक्षक तथा कर्मचारीलाई नेपाल सरकारले समान तहका शिक्षक तथा कर्मचारीलाई तोकि दिएको तलब स्केलमा नघटाई तलब भत्ता खुवाउने । 
# नेपाल सरकार बाट स्वीकृत भएको दरबन्दीको शिक्षक पद रिक्त हुन आएमा स्थायी पूर्तिको लागि सो पद रिक्त भएका मितिले पन्ध्र दिन भित्र जिल्ला शिक्षा कार्यालयमा लेखी पठाउने ।
# बिद्यालय का शिक्षक तथा कर्मचारीहरुको हाजिरि जाँच गरी गयल हुने शिक्षक वा कर्मचारी ऊपर आबश्यक कारबाही गर्ने । तथा आबश्यकतानुसार आफ्नो राय सहितको प्रतिबेदन कारबाहीको लागि जिल्ला शिक्षा कार्यालयमा पठाउने ।
# बिद्यालय को शैक्षिक स्तर बृद्धि गर्न आबश्यक सामान तथा शैक्षिक सामाग्रीको ब्यबस्था गर्ने ।
# नेपाल सरकारबाट सञ्चालन हुने बिभिन्न कार्यक्रम हरुमा बिद्यालयलाई सरिक गराउने ।
# बिद्यार्थी हरुले पालना गर्नु पर्ने आचार संहिता बनाई लागू गर्ने ।
# शिक्षक हरुको अभिलेख अध्याबधिक गराई राख्ने ।
आदि।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...