मिति ः २०७३÷०६÷०४ .................................... .......................................... बिषय ः— परिपत्र यहि २०७३ असोज २ र ३ गते अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको चौथो पूर्ण वैठक नवलपरासीको नव नेपाल प्रावि प्रगतिनगरमा संगठनका अध्यक्ष लालबहादुर वि.सीे को अध्यक्षता र नेकपा (माओवादी) स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोला प्रमुख आतित्थ्य र संगठनका फ्याक्सन ईन्चार्ज क.जीवन्तको उपस्थितिमा बस्यो । उक्त वैठकले गरेका ऐतिहासिक निर्णय कार्यन्वयन गर्न गराउन परिपत्र जारी गरिएको छ । १) विभिन्न शैक्षिक आन्दोलन, जनयुद्ध र जनआन्दोलनका क्रममा शहादत प्राप्त गर्नु हुने महान सहिदहरुप्रति १ मीनेट मौनधारणा गरी श्रद्धाञ्जली अर्पण गरियो । घाइते, वेपत्ता योद्धाप्रति सम्मान व्यक्त गरियो । २)वैठकमा ४ महिने “संगठन विस्तार तथा सुदृढ अभियान २०७२” समिक्षासहित केन्द्रीय सदस्यहरुले तोकिएको जिल्लाको रिर्पोट राख्नुभयो । रिर्पोटको सार यस प्रकार छ । अभियान भब्य रुपमा सम्पन्न भएका,े अभियानमा केही केस बाहेक सबैको तोकिएको कार्यक्ष्ोत्र सहभगिता रहेको, अभियानले नयाँस्तरमा संग...