गजल
तिम्ले सोच्दै नसोचेको राजनीतिक खेल आयो ।
तोरीको तेल नघस प्रिया पतन्जली तेल आयो ।।
कोरी बाटी चट्ट परी स्टेशनमा कुर्नु है मैया ।
सुलुलु पोखराबाट बेनी जाने नया रेल आयो ।।
जिन्दगीमा नसोचेको रेल चढ़न पाइने भो भन्दै ।
यो मन भरि उर्लिएर रहरको नौलो भेल आयो ।।
हतार हतार सिंगार गरी स्टेशन मा झरेकै हो ।
क्यारी चढ़म भन प्रिय रेल त ठेलम ठेल आयो ।।
कुन चढ्ने कुन झर्ने भन्नेमा नै बिबाद बढ्यो ।
रेल ल्याउने गठबन्धन भित्र फेरि बेमेल आयो ।।
२०७४/०८/०२