जनयुद्ध लडियो 
जंगल तिरै पढ़ियो ।
आखिरिमा युद्ध 
बीच बाटोमै अडियो ।
देशमा गणतन्त्र आयो 
नेताजीले भाउ पायो ।
कुर्चीतिरै आँखा लायो
 त्यसैमा रमायो ।।
जनयुद्ध लडियो 
नराम्रो संग सडियो ।
हेर्दा हेर्दै संसदबादको
बुख्याचा ठडियो ।
सर्बहारा नेता जनता 
झुट्टा मुद्धा झेल्दै छन ।
संशोधानबादी बिसर्जनको
खेल खेल्दै छन ।
जनयुद्ध लडियो
दलदलभित्र गडियो 
जबजमा माओबादको 
लेपन जडियो ।