उन्ले जित्दा मैले जितें दाउ एउटै परेछ कि ।
उन्ले खांदा म अघाएं भाउ एउटै परेछ कि ।।
सिरेठोमा अगेनोमा बसी आगो ताप्दा खेरी ।
उता पोल्दा यता दुख्यो घाउ एउटै परेछ कि ।।
उनी डुब्दा म पनि डूबें डुब्दा डुब्दै पारी पुग्यौ ।
उन्को मेरो जिन्दगीको नाउ एउटै परेछ कि ।।
उनी कता म कता भेट हुनै मुस्किल हुन्थ्यो ।
हिजो आज भेट हुन्छ गाउ एउटै परेछ कि ।।
उन्लाई ऋण लाग्दाखेरी मेरो उठीबास भयो ।
उन्लाई मलाई कर्जा दिने साहु एउटै परेछ कि ।।
२०७४/०८/१९
गाउँ घरमै सिंह दरबार आउंदैछ फूलमाया ।
कुना काप्चाभरि बिकास छाउंदैछ फूलमाया ।।
छाडिदेउ बिग्रीएका भत्किएका सडकका कुरा ।
तिम्रो गाउँले चिल्लो गाडी पाऊँदैछ फुलमाया ।।
नगर भो अब तिम्ले भत्किएको घरको कुरा ।
गाउँमैं अब भब्य दरबार बनाऊंदैछ फूलमाया ।।
छाडी देऊ भोको पेटमा एक छाक भर्ने कुरा ।
ऊ पनि त भोकै थियो अघाउदैछ फूलमाया ।।
सातै ... सातै छाप भनी ल्याप्चे ठोकेकै हौ ।
नेताजीले त्यसको गुन लाउंदैछ फुलमाया ।।