जिउंछु म
बर्षापछि आकाश जस्तै खुलेर जिउंछु म ।
फक्रिएको सुन्दर फूल झैँ फुलेर जिउंछु म ।।
कुवाभित्रको भ्यागुतो जस्तो हुन चाहन्न ।
सारा संसार दुनिया भरि डुलेर जिउंछु म ।।
एकान्तमा बसी एक्लै रोएर के नै हुन्छ र ।
साथी संगै नशा पिउदै झुलेर जिउंछु म ।।
जिन्दगीको यात्रा सोचे जस्तो नभए नि ।
तीता मीठा अनुभब बटुलेर जिउंछु म ।।
कहिले सुख कहिले दुख भोग्नै पर्दो रैछ ।
अतीतका ती पीर ब्यथा भुलेर जिउंछु म ।।
२०७२-०२-१८/८:५८pm