अबास्तविक नतिजाको खात माथि बसेर गुणस्तरको कुरा भइ रहेछ ।
चुसिदै ठगिदै कठै अभिभावक भ्रष्ट दलालको अभीष्ट पूरा भइ रहेछ  ।।
लाखौं रुपियाँमा विनिमय गरिएको योग्यता अवमूल्यन हुन थाले पछि ।
आखिर फेरि कहिल्यै  कामै नलाग्ने गरी  जीवन फुटेको चुरा भइ रहेछ ।।
मुक्तक
अतितका सबै जितहरु हार लाग्न थाल्यो ।
जिन्दगीमा हारजीत बेकार लाग्न थाल्यो ।।
विश्वास भित्रै अविश्वासको खडेरी परे पछि ।
आफ्नै जीवन आफैलाई भार लाग्न  थाल्यो ।।
२०७५/०५/२८ 
मुक्तक