मुक्तक
१.
रिसै रिसले मान्छेहरू जल्न थालि सके ।
त्यही ज्वालोमा दन्दन बल्न थालि सके ।।
जल्नु र बल्नुको तालमेल मिलेन कि ।
कठै बरा हेर्दा हेर्दै ढल्न थालि सके ।।
२.
कहाँ बाट यति धेरै किन झर्यो होला ।
हाम्रै डाँडा लाई कति माया गर्यो होला ।।
पक्कै पनि ठूलै मान्छेको देन हुनु पर्छ ।
कुन नेताको पहलमा याे हिउँ पर्यो होला ।।
३.