हामी महान शिक्षक सर्व ज्ञाता हौ । आफूले अध्यापन गर्ने बिषयबस्तु बाहेक अरु सबै विषयको पूर्ण ज्ञान हामीमा छ । त्यसैले त हामी हरेक परि घटनालाई मिहिन रूपले विश्लेषण गर्न सक्छौ । दुनियाको कुनै पनि विश्लेषकले हामी संग टक्कर लिन सक्दैन ।
हामी फेसबुक चलाउन सक्छौ, म्यासेन्जर चलाउन सक्छौं। भाइबर ह्वाट्स् एप चलाउँछौ । युट्युव मा राम्रा राम्रा गीत हेर्छौ । केवल हामीले चलाउन नसक्ने भनेको त त्यही सिकाइ को मोबाइल एप्लि केशन, पावर पोइन्ट, वोर्ड र एक्सेल मात्र हो ।
हामी शिक्षक प्रकाश झै तेज गतिमा कुद्न सक्छौ । चाहे घरबाट स्कूल जाँदा होस् वा स्कूल बाट घर फर्किँदा होस् । केवल हाम्रो गति सुस्ताउने भनेको त अफिस देखि कक्षा कोठा सम्म पुग्दा अनि कक्षा भित्र रहुन्जेल मात्र हो ।
हामी शिक्षक उपदेश, सल्लाह र परामर्श दिन माहिर छौ । दुनियाँ कसरी बदल्न सकिन्छ त्यो हामीलाई राम्रोसँग थाहा छ । केवल बदलिन नसकेको त स्वयं हामी मात्रै हो ।