मुक्तक
विद्युतीय हाजिर जोडेको छ स्कूल समयमा आउँदैनन् ।।
विद्यार्थीको भविष्य माथि दिनहुँ खेलवाड भईरहेको छ ।
अचम्म लाग्छ यस्ताले किन कहिल्यै नसीहत पाउँदैनन ।।
२०७६/०८/२२
मुक्तक
जिन्दगीको आसमाथि सेल्फी हान्नेहरू ।
मरेको त्यो लासमाथि सेल्फी हान्नेहरू ।।
समाजमा निकै दानी कहलिने गर्छन् ।
निमुखाको गासमाथि सेल्फी हान्नेहरु ।।
२०७६/०३/०८
मरेको त्यो लासमाथि सेल्फी हान्नेहरू ।।
समाजमा निकै दानी कहलिने गर्छन् ।
निमुखाको गासमाथि सेल्फी हान्नेहरु ।।
२०७६/०३/०८
गजल
धुजा धुजा भएको मुटु सिएर सिए जस्तो भएन ।
जिउन त जिएकै छु जिएर जिए जस्तो भएन ।।
जिउन त जिएकै छु जिएर जिए जस्तो भएन ।।
कति पिएँ जिन्दगीमा आँशुका ती थोपाहरू ।
झनै आँशु बगिरह्यो पिएर पिए जस्तो भएन ।।
झनै आँशु बगिरह्यो पिएर पिए जस्तो भएन ।।
गुनको बदला तिर्छ मान्छे बैगुनको झटारोले ।
लिएर बिर्सनेहरुलाई दिएर दिए जस्तो भएन ।।
लिएर बिर्सनेहरुलाई दिएर दिए जस्तो भएन ।।
हरेक दिन रित्तिँदै छु आफै भित्र सिद्धि दैछु ।
भरिपूर्ण देख्छन् रित्तिएर रित्तिए जस्तो भएन ।।
भरिपूर्ण देख्छन् रित्तिएर रित्तिए जस्तो भएन ।।
आफू कोहि बदलिँदैन दुनिया बदल्न खोज्छन् ।
भन्छन् दुनिया बदलिएर बदलिए जस्तो भएन ।।
भन्छन् दुनिया बदलिएर बदलिए जस्तो भएन ।।
२०७६/०२/३०