दरवन्दी पुन वितरण सम्वन्धी विवरण २०७६ अनुसार पर्वत जिल्लाकाे अवस्था यस्ताे पाे देखियाे त।
सातवटा स्थानिय तहमा प्रा वि मा स्वीकृत र राहत माैजुदा १३११ जना
अावश्यक दरवन्दी ८३० जना र बढि भएकाेले पुलमा राख्नु पर्ने ४८१ जना।
नि मा वि मा स्वीकृत र राहत गरी माैजुदा ३६१ जना र अावश्यक पर्ने
४५१ जना त्यसैले थप गर्नु पर्ने ९० जना ।
मा वि (९-१०) मा स्वीकृत दरवन्दी र राहत जम्मा ३०४ जना र अावश्यक पर्ने ४३२ जना अपुग १२८ जना।
मा वि(११-१२)मा जम्मा ६४ जना भएकाे र अावश्यक पर्ने १०५ जना त्यसैले अपुग हुन अाउने ४१ जना।
यसरी हेर्दा जम्मा अपुग ९०+१२८+४१=२५९ र प्रा वि बाट बढी भएकाे ४८१ लाई तहगत माथिल्लाे शैक्षिक याेग्यता भएका प्रा वि तहका शिक्षकहरुलाई निमावि ,मावि(९ -१०/११-१२)मा समयाेजन गरे पनि २२२जना शिक्षकहरु बढि देखिने अवस्था ।