बेरोजगारी के हो ?
-रोजगारविहीन अवस्था बेरोजगारी हो ।
-नेपालबाट वैदेशिक रोजगारीमा जाने युवाहरूको संख्या ३५ लाखभन्दा बढी रहेको तथ्यांकले देखाएको छ ।
-दैनिक १५०० युवा वैदेशिक रोजगारीको लागि विदेशिने गरेका छन् ।
-उद्योगधन्दाको विकास हुन सकेको छैन, भएका उद्योगसमेत अशान्ति, बन्द हडताल र -लोडसेडिङका कारण बन्द हुँदै गएको अवस्थाले नेपालमा बेरोजगारीको अवस्था भयावह छ ।
नेपालमा बेरोजगारीको अवस्था भयावह हुनुका कारणहरू
-रोजगारीका अवसर सिर्जना गर्ने किसिमका स्पष्ट ख्ष्कष्यल नहुनु
-उच्च जनसंख्या वृद्धि
-रोजगारी प्रदान गर्ने क्षेत्रको विकास नहुनु
-औद्योगिकरणको वातावरण निर्माण नहुनु
-राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति नहुनु
-गरिबी भयो, गरिबीका कारण बचत भएन बचत नहुँदा लगानी हुने कुरा भएन, लगानीको अभावमा -उद्योगधन्दा सञ्चालन गर्न सकिन्न । उद्योगधन्दा नभएपछि रोजगारी कसरी सिर्जना हुन्छ रु
-शिक्षा पद्धति बेरोजगार युवा उत्पादन गर्ने कारखानाको रूपमा रह्यो ।
-साना घरेलु उद्योगधन्दा संरक्षण गर्ने खालको औद्योगिक नीति भएन ।
-निजी क्षेत्र सक्षम हुन सकेको छैन ।
-विदेशी लगानी भित्रिने वातावरण बनाउन हामी चुकिरहेका छांै ।
उल्लेखित कारणहरूले नेपालमा रोजगारी सिर्जना हुन नसकी बेरोजगारीको भयावह अवस्था विद्यमान रहेको दुःख, कष्ट ठगी र हैरानीका बाबजुद पनि नेपाली युवा विदेशिन बाध्य भएका छन् ।
बेरोजगारी समस्या समाधान गर्ने उपायहरू
-श्रममूलक प्रविधिको प्रयोग
-औद्योगिकरणको विकास गर्ने
-जनसंख्या व्यवस्थापन÷नियन्त्रण
-कृषिमा आधुनिकीकरण
-सहरीकरणको विकास
-उद्यमशीलताको विकास
-व्यावहारिक प्राविधिक शिक्षा
– निजी क्षेत्रको विकास
-विदेशी लगानी भित्र्याउने वातावरण निर्माण
-जलविद्युत्प/र्यटन तथा प्राकृतिक स्रोतको उपयोग गर्ने ।