Skip to main content

शिक्षक सेवा आयोग, माध्यामिक तह, तृतीय श्रेणी शिक्षक पदको प्रतियोगितात्मक लिखित परिक्षा, २०७५ नमुना प्रश्न सेट-१

शिक्षक सेवा आयोग,  माध्यामिक तह, तृतीय श्रेणी शिक्षक पदको प्रतियोगितात्मक  लिखित परिक्षा, २०७५  नमुना प्रश्न सेट-१
बिषय: सामाजिक
पूर्णाङ्क: ६०
समय: २ घण्टा १५ मिनेट
सबै प्रश्न हल गर्नुहोस्।
१. मानव विकास सूचकांक भनेको के हो? सार्क देशहरुको मानव विकास सूचकांक विश्लेषण गर्नुहोस्। समाजमा धार्मिक सहिष्णुता कायम गर्न माध्यमिक तहमा सामाजिक अध्यापन गराउने शिक्षकको भूमिका महत्त्वपूर्ण हुन्छ। आफ्नो धारणा दिनुहोस्।
२. सामुदायिक कार्य (community work) को अर्थ लेख्नुहोस्। सामुदायिक कार्यबाट द्वन्द्व व्यवस्थापनमा कसरी सहयोग पुग्दछ ? नेपालको संबैधानिक विकासक्रम लाई समय रेखामा देखाउनुहोस्।
३. माध्यमिक तहमा हाम्रो पृथ्वी अध्ययनका मुख्य उदेश्यहरु लेख्नुहोस्। ग्लोवको प्रयोगबाट हावापानीमा प्रभाव पर्ने तत्वहरुको अध्यापन कसरि प्रभाकारी हुन्छ? उदाहरण सहित प्रष्ट पार्नुहोस्।
४. विद्यार्थीहरुकालागि अध्ययन भ्रमण प्रतिवेदन महत्वपूर्ण हुन्छ। किन? तपाइले हालै गर्नु भएको ऐतिहासिक क्षेत्रको भ्रमणको आधारमा अध्ययन भ्रमण प्रतिवेदनको नमुना तयार गर्नुहोस्।
५. बैदेशिक रोजगारीको परिचय दिनुहोस्। कक्षा ९ मा राम्रो अंक सहित सफल भएको विद्यार्थी कक्षा १० मा भर्ना भएर कक्षा १० को पढाई पुरा नगरी विदेश जाने तयारी गर्दैछ। तपाई उक्त विद्यार्थीलाई पढाईको महत्व सहित नेपालमानै काम गरि पैसा कमाउन सकिन्छ, भनेर कसरी मनाउनु हुन्छ ? उपयुक्त संवाद तयार गर्नुहोस्।
६. सामाजिक अध्ययन विषयको शिक्षणमा नक्सांकन (mapping) को महत्व लेख्नुहोस्। विद्यार्थीमा राम्रो नक्सा कोर्ने सिप कसरी विकास गर्न सकिन्छ? नेपालको नक्सालाई उदाहरण मानि प्रष्ट पार्नुहोस्। साथै नेपालको नक्सामा उपयुक्त संकेतहरुको प्रयोग गरि धवलागिरी, जनकपुर, रारा ताल र लुक्ला विमानस्थल देखाउनुहोस्।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...