Skip to main content

Posts

२०७७/०७८ को बजेटमा शिक्षा

सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि १४ खर्ब ७६ अर्ब ४३ करोडको बजेट ल्याएको छ । जसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यक्रम कार्यान्वयन गर्न १ खर्ब ७१ अर्ब ७१ करोड विनियोजन गरिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा बिहीबार प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७७/०७८ को  बजेटमा शिक्षा: १. मानव पूँजी निमार्ण, सामाजिक रूपान्तरण र आर्थिक विकाससहितको आधुनिक समाज निर्माण गर्न शिक्षालाई मैले उच्च प्राथमिकता दिएको छु शैक्षिक पूवार्धारको विकास, दक्ष जनशिक्षा एवम् शिक्षण सामग्रीको व्यवस्था र नविनतम प्रविधिको प्रयोग गरी गुणस्तरीय र जीवन उपयोगी शिक्षाको सुनिश्चिता गरिनेछ । २. विद्यालय जाने जाने उमेर समूहका सबै बालबालिकालाई विद्यालय भर्ना गरी आगामी वर्ष भित्र आधारभूत शिक्षामा सबैको पहुँच सुनिश्चित गरिने छ । माध्यमिक तहसम्म निशुलक शिक्षा प्रदान गरिनेछ ।स मातृभाषामा आधारित शिक्षा प्रदान गरिनेछ । मातृभाषामा आधारित शिक्षा प्रदान गरिरहेका मदरसा, गुरुकुल र गुम्बा लगायतका शिक्षालयलाई आधुनिक शिक्षाको मूलधारमा आबद्ध गरिनेछ। आगामी वर्ष साक्षर हुन बाँकी २४ जिल्लामा सा...

निबन्ध: घनघस्याको उकालो काट्ता

 घनघस्याको उकालो काट्ता-  तारानाथ शर्मा भोलिपल्ट ती भरियाहरु डडेल्धुरा जान मानेनन् । सहायक अञ्चलाधीशले पाटनका प्रधानपञ्चलाई भरिया बन्दोबस्त गर्न लगाउनुहोला भनेकाले खोज्दाखोज्दा साढे एघार बजेतिर मात्र प्रधानपञ्चसित भेट भयो । उनले दुई जना भरिया खोजिदिए , तर त्यतिन्जेलमा दिउँसोको बाह्र बजिसकेको थियो । घरले विभागका कर्मचारीले भोलि मात्रै जानोस् ,  आज मरे पनि डडेल्धुरा पुगिँदैन भनेर जिद्दी गरे पनि हामी बाह्र बजे पाटनबाट हिँड्यौं । ठीक दुई बज्दा त्यस दिन हामी तेर्सैतेर्सो हिँडेर अघोरी गाड पुगेका थियौं । अघोरी गाडमाथि अग्लो पारेर तेर्स्याएको फलेकको साँघु तरेर हामीले टोपी खस्ने उकालामा पाइला राख्यौं । डरलाग्दो जङ्गलले घेरिएको ढुङ्गेनी बाटाले मुटु ढक्क फुल्यो । यही थियो कुख्यात घनघस्याको विकट उकालो । मेरो शरीर अलिक मोटो भएकाले उकालो देख्ने बित्तिकै मेरो सातोपुत्लो उड्छ । तेर्सो र ओह्रालो बाटामा म निकै छिटो हिँड्न सक्छु ,  तर उकालो भने मेरा लागि जेमराज जत्तिकै भयावह हुन्छ । तर ,  म विवश थिएँ ,  मैले घनघस्या नकाटी भएको थिएन । पाटनका सहृदय व्यक्तिहरुले दिएका दु...

विजय मल्लको कथा : अन्तिम भोज

अन्धकार, निर्जन, डरलाग्दो एकलासे जंगलबाट पार गर्दागर्दै अकस्मात् म यस्तो ठाउँमा पुगेँ, जहाँ उज्यालो नै उज्यालो थियो । म आनन्दले एकदम प्रफुल्लित भएँ । अघि भर्खरका दुःख कष्टहरु सबलाई बिर्सेर म दुगुर्दै हुत्तिँदै त्यस ठाउँमा पुगेँ, जहाँ मनुष्यको न्यानो माया मलाई पर्खिरहेको थियो । मैले मनुष्यको अनुहार नदेखेको धेरै दिन भइसकेको थियो । त्यसैले म व्यग्र थिएँ । त्यो ठाउँ अत्यन्त रमणीय थियो । एउटा ठूलो भोज त्यहाँ भइरहेको रहेछ, जताततै रङ्गीचङ्गी, नीला, राता, पहेँला, हरिया, सेता बत्तीहरु बलिरहेका रहेछन् । ठूलो चौरका चारैतिर कलापूर्ण बगैंचा उज्यालोमा जग्मगाइरहेको छ, विभिन्न प्रकारका रङ्गीविरङ्गी फूलहरु सुगन्ध छरेर बिउँझिरहेका छन्, र त्यसभन्दा पनि बढी विभिन्न रङका पोषाकहरुमा लोग्नेमानिस र स्वास्नीमानिसहरुका ठूला जमात नै त्यस ठाउँमा जम्मा भएर यताउति गरिरहेका छन् । ती सुगन्धित फूलहरुभन्दा पनि ती अति आकर्षक थिए । मलाई यस्तो लाग्थ्यो- स्वर्गको एक टुक्रा त्यस ठाउँमा खसेको हो । म विमोहित भएर नजिकै गएँ । हरियो कोमल दुबो भरिएको फाँटमा श्रेणीबद्ध रुपले टेबल कुर्सीहरु लगाइएका छन् र हरेक टेबलका मध्...

रचना हरु

गजल दुब्लाएको ज्यान थोरै मोटो भएको छ । हिजो लाउने दौरा आज भोटो भएको छ ।। नौलो फेशन देखाउंदै हिड्यो नभन्नु है । हिजो ठिक्क हुने लुगा छोटो भएको छ ।। हिजो रित्तो घैटो पनि उठाउन सकिएन । आज भरिएको गाग्री लोहोटो भएको छ ।। जिन्दगीमा कहिल्यै यो मोटाउंदैन भन्थ्यौ । मलाई हेर्ने तिम्रो नजर खोटो भएको छ ।। २०७४/०१/०९ गजल मुसु मुसु हास्दै हास्दै ओठ टोकेर आईन् । लजाउंदै र सर्माउंदै मुहार छोपेर आईन् ।। अर्कैसँग लगनगाँठो कस्दिन खोजेपछि । जन्मघर छाडी  सुइंकुच्चा ठोकेर आईन् ।। चिना  हेर्दा मिले पनि मन मिल्न सकेनछ ।  गन्तब्यको त्यो यात्रा बिचमै रोकेर आईन् ।। चिना बिहिन मान्छे हूँ म मन हराएको छैन । मनको राजा भन्दै उनी आशा बोकेर आईन् ।। निरस यो एक्लो जीबन  जेनतेन गुज्रीदैथ्यो । मूल्यहीन मेरो दिलको मूल्य तोकेर आईन् ।। २०७४/०१/०९ मुक्तक यो दुनियामा पढ्ने भन्दा पिउने धेरै छन् । खै किन  पिउँदा पिउँदै  जिउने धेरै छन् ।। उजाड छन् तनहरु फाटेका छन् मनहरु ।  टाल टुल गरी ब्यथाहरु  सिउने धेरै छन् ।। २०७६/०१/०९ मुक्तक  उठ उज्यालो भो  आलस्य भगाऊ  । हर क्ष...

कविता (सडक र म)

सडक र म ( कविता) म जहाँ  जन्मे हुर्के  खेले र सिकेँ मेरो  जन्म भूमि कर्म भूमि पाठशाला  जे भने पनि  मेरो प्यारो सडक तिमीलाई सलाम छ । जसले मेरो नाम जुरायो जिउनकै लागि काम पुर्यायो यसैले मेरो पहिचान दियो  त्यसैले त  आमा बाबा छिमेकी जे भने पनि  मेरो प्यारो सडक तिमीलाई सलाम छ । हिजो यही सडकमा जिन्दाबाद र मुर्दाबाद भन्दै मलाई  हजारौंको जुलुसले  साथ दिएको थियो  सबै भन्दा चर्को  कराउने मै थिएँ गोली  अश्रु ग्यासको बीचमा हराउने पनि मै थिएँ अनि म सँगै धुवाँ धूलो  बारूद टायर को गन्ध  सबै पचाई दिने मेरो प्यारो सडक तिमीलाई सलाम छ ।  यही सडकमा  हिँडेरै कोही दरबार पसे घरबार बसे माथि पुगेँ तल खसे तर  म बबुरो  जहाँको त्यही छु  न सत्तामा  न भत्तामा  तिरस्कारको पीडामा पनि चुपचाप शरण दिने मेरो प्यारो सडक तिमीलाई सलाम छ । हिजो प्रचण्ड गर्मीमा टाउकोमा टालाे बाधी धुँवाको मुस्लो सँगै अलकत्रा बिछ्याउँथे आज शान्त सडकमा आफैलाई आफ्नो बिछ्यौना बनाइरहेको छु  मस्त निदाइरहेको छु जसरी  यही सडकबाट गएको ...

शुभकामना

नववर्ष २०७७ को पावन अवसरमा    सुख , शान्ति,  सुस्वास्थ्य,  संमृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त  गर्दछु । भूमि राज शर्मा मोदी -२ देउपुर पर्वत