घनघस्याको उकालो काट्ता- तारानाथ शर्मा भोलिपल्ट ती भरियाहरु डडेल्धुरा जान मानेनन् । सहायक अञ्चलाधीशले पाटनका प्रधानपञ्चलाई भरिया बन्दोबस्त गर्न लगाउनुहोला भनेकाले खोज्दाखोज्दा साढे एघार बजेतिर मात्र प्रधानपञ्चसित भेट भयो । उनले दुई जना भरिया खोजिदिए , तर त्यतिन्जेलमा दिउँसोको बाह्र बजिसकेको थियो । घरले विभागका कर्मचारीले भोलि मात्रै जानोस् , आज मरे पनि डडेल्धुरा पुगिँदैन भनेर जिद्दी गरे पनि हामी बाह्र बजे पाटनबाट हिँड्यौं । ठीक दुई बज्दा त्यस दिन हामी तेर्सैतेर्सो हिँडेर अघोरी गाड पुगेका थियौं । अघोरी गाडमाथि अग्लो पारेर तेर्स्याएको फलेकको साँघु तरेर हामीले टोपी खस्ने उकालामा पाइला राख्यौं । डरलाग्दो जङ्गलले घेरिएको ढुङ्गेनी बाटाले मुटु ढक्क फुल्यो । यही थियो कुख्यात घनघस्याको विकट उकालो । मेरो शरीर अलिक मोटो भएकाले उकालो देख्ने बित्तिकै मेरो सातोपुत्लो उड्छ । तेर्सो र ओह्रालो बाटामा म निकै छिटो हिँड्न सक्छु , तर उकालो भने मेरा लागि जेमराज जत्तिकै भयावह हुन्छ । तर , म विवश थिएँ , मैले घनघस्या नकाटी भएको थिएन । पाटनका सहृदय व्यक्तिहरुले दिएका दु...
A Complete Educational Blog