उत्तरः खराव आचरण, खराव व्यवहार, खराव कार्यशैली, साधनस्रोतको दुरुपयोग भ्रष्टाचार हो । मुलतः सार्वजनिक पद धारण गरेको व्यक्तिले सार्वजनिक स्रोत, साधन र अवसर आफ्नो निजी स्वार्थ, फाईदाको लागि प्रयोग गर्ने गैरकानूनी कार्यको समग्रतालाई भ्रष्टाचार भनेर बुझिन्छ । ‘खराव आचरण भएको व्यक्तिले अवसर पाएमा भ्रष्टाचार मौलाउँछ ।’ भ्रष्टाचार = अवसर X इच्छाशक्ति यो वर्तमान नेपाली समाजको क्यान्सर हो । कानूनतः दण्डित भएतापनि घट्नुको सट्टा बढ्दै जानुका केही कारणहरु; – राजनीतिक कारणः भ्रष्टाचारको नियन्त्रणमा राजनीतिक प्रतिवद्धताको अभाव, भ्रष्टहरुको राजनीतिकरण र राजनीतिको भ्रष्टीकरण । – आर्थिक कारणः गरिवी, अभाव, न्यून वेतन, अपारदर्शी स्रोत परिचालन तथा वितरण, जसरी पनि धन कमाउनुपर्छ भन्ने भ्रष्ट मति, राजश्व चुहावट, कर छली । – सामाजिक कारणः भ्रष्टहरुलाई सामाजिक बहिष्करण छैन, जसरी भएपनि धन कमाए समाजमा स्वीकार्य, भड्किको सामाजिक व्यवहार, अपारदर्शी प्रतिस्पर्धा । – नैतिक कारणः सार्वजनिक पद धारकमा सदाचारिता, इमान्दारिता, नैतिकताको अभाव । – अन्य कारणः भ्रष्टाचार विरुद्ध एक्वैबद्धताको अभाव, सेवा प्रवाहमा सूचना तथा प्र...
A Complete Educational Blog