Skip to main content

Posts

लघुकथा खुट्टाको मर्म

लघु कथा " खुट्टाको मर्म " --भुमिराज शर्मा  एक दिन अन्तराष्ट्रिय दौड़ प्रतियोगितामा दौड्दै गर्दा खुट्टा सानो तिखो ढुङ्गामा ठोक्किएछ ।  ठेस लाग्दा घाऊ भएछ । ह्वाल ह्वाल्ती रगत आउन थालेछ ।  तै पनि खुट्टाले हार मानेनछ । राष्ट्रको लागि पदक प्राप्तिका खातिर सबै पीडाहरु भुलेर उसले आफ्नो गति झन बढाएछ  । अन्तमा प्रथम भएरै छाडेछ ।    यो देखेर खुट्टा लाई जुत्ताले सोधेछ ।" ढुङ्गा ले मलाई छेड्यो । तिमीलाई चोट लागेर रगत बग्यो । पुरै रगतले म निथरुक्क भिजें । तर पनि तिमी किन रोकिएनौ ?  खुट्टाले बिस्तारै भन्यो । " हेर  लक्ष्य प्राप्ति को बाटोमा यस्ता कैयौ बाधा र पीड़ाहरु आई रहन्छन।तर ती कुराहरु भन्दा आफ्नो लक्ष्य प्रधान ठानेर निरन्तर गतिमा अगाडि बढ्नु पर्छ । यदि म त्यति बेला पिडाको अनुभूति गरेर सुस्ताएको भए यो बिजय सम्भब थिएन । "  एकछिन पछि बिजय उत्सब शुरू भयो । दौडदा च्यातिएको जुत्ता नजिकैको फोहोर फाल्ने भाडोमा हालियो । त्यसको ठाउँमा नयाँ जुत्ता फेरियो । घाइते  खुट्टाको रगत कट्कटिएर जमेको थियो । रगत आउन बन्द भइसकेको थियो । तर उपचारको कुनै वास्ता थिएन । कि...

संघीय शिक्षा ऐन समयमा नआउँदा सृजना भएका अन्योल्ताहरु

एनसिई नेपाल मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र संविधान जारी भएको लामो समय व्यतित भइसकेको छ । शिक्षा क्षेत्रले पनि समयसापेक्ष समग्र परिवर्तनको लाभ लिन सकोस् भन्ने उद्देश्यले संविधानमा संघीय संरचना सुहाउँदो गुणस्तरीय सार्वजनिक शिक्षा प्रणालीको परिकल्पना गरी संविधानतः शिक्षालाई मौलिक हकको रुपमा सुनिश्चित गरिएको छ । तर संविधानप्रदत्त गुणस्तरीय शिक्षाको अधिकारको सुनिश्चिततामा राज्यको पर्याप्त ध्यान नपुगेको र सार्वजनिक शिक्षा सरकारको प्राथमिकतामा नपरेको कुरा संघीय शिक्षा ऐन जारी गर्न भएको ढिलाइले पुष्टी गर्दछ । साथै नेपाल सरकारद्धारा गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले यही २०७५ माघ १ गते नै प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदन अहिलेसम्म सार्वजनिक नहुनु र सोको कार्यान्वयनको सन्दर्भमा स्पष्ट खाका नआउनुले सरकारले करोडौ रकमको लगानी गरी गरेको कामप्रति आम नागरिक (जो सो लगानीको दायित्व वहन गर्दछन्) प्रतिको जवाफदेहितामा प्रश्नचिन्ह खडा गरेको छ ।  तसर्थ संघीय शिक्षा ऐन जारी गर्नमा भएको ढिलाइले नेपालको समग्र शिक्षा प्रणलीलाई प्रत्यक्ष र परोक्षरुपमा कसरी प्रभाव पारिराखेको छ भ...

शिक्षक

१) अहिले २१औँ शताब्दीका विद्यार्थी शिक्षकभन्दा पहुँचका हिसाबले धेरै शक्तिशाली छन् । अहिलेका शिक्षकको चुनौती, आफू त्यो संसारमा फिट हुनु हो । त्यसका निम्ति, शिक्षक र विद्यार्थीको संवाद अनि सम्बन्धको भूमिका महत्वपूर्ण छ । शिक्षकमा विषयलाई प्रस्तुत गर्ने राम्रो कला हुनु महत्वपूर्ण छ । २) हामी रातो कलम बोकेर विद्यार्थीको कमजोरी केलाउन तम्सिन्छौँ, तर हामी त्यही उत्तरपुस्तिकामा रहेको उसको सबल पक्षमा ध्यान दिँदैनौँ । अब विद्यार्थीको कमजोरी देखाउने रातो मसीसँगै विद्यार्थीको सक्षमता देखाउने हरियो मसीको प्रयोग हुन जरुरी छ । ३) यदि अर्जुनले कृष्णलाई प्रश्न सोध्दैनथे भने गीता लेखिँदैनथ्यो । प्रश्न सोध्नु, छलफल गर्नु नै सिकाइ हो । प्रश्न समाधान हो । तर, धेरै शिक्षकले यो बुझ्न सकेका छैनन् । ४) शिक्षकलाई वेलावेलामा अनिवार्य रूपमा बालमनोविज्ञानको कक्षा दिन जरुरी छ । विषय शिक्षकलाई नै आफैँले पढाएको विषयमा परीक्षा लिने हो अनि अर्कैले कापी जाँच्ने हो भने सबैको उत्तर आउँदैन भने विद्यार्थीलाई सबै कुरा कसरी आउँछ ? यो कुरा शिक्षकले बुझ्न जरुरी छ । तसर्थ, विद्यार्थीसँग रिसाउने, इष्र्या गर्ने, बदला लिनेजस्ता क्...

कस्तो शिक्षक बन्न

कस्तो शिक्षक बन्ने मिलन पाण्डे भौतिक  शास्त्रका पिता अल्बर्ट आइन्सटाइनसँगै भौतिकशास्त्र पढ्न पाए कति सिक्न पाइन्थ्यो होला ? म आफैँ पनि भौतिकशास्त्रको विद्यार्थी, मलाई पनि यस्तै लाग्थ्यो । तर, अल्बर्ट आइन्स्टाइन खराब शिक्षक थिए । रिलेटिभिटीबारे पहिलो शोधपत्र प्रकाशित भएपछि आइन्स्टाइनले सुरुमा युनिभर्सिटी अफ बर्नमा विद्यार्थीलाई ‘थर्मोडाइनामिक्स’ पढाउन सुरु गरे । तर, उनले केवल तीनजनालाई मात्र आकर्षित गर्न सके । अर्को सेमेस्टरमा एकजना विद्यार्थी मात्रै भर्ना भएपछि उनको कक्षा रद्द भयो । आइन्स्टाइन आफ्नो कुरा प्रस्तुत गर्न कमजोर थिए । अल्बर्ट आइन्स्टाइनको आत्मकथाका लेखक वाल्टर इस्याकसनका अनुसार उनको कक्षा अव्यवस्थित हुन्थ्यो, उनी विद्यार्थीलाई प्रेरित गर्न सक्दैनथे । यो प्रसंग एडम ग्रान्टले आफ्नो आलेखमा पनि प्रस्तुत गरेका छन् । आर्ट अफ टिचिङ पढाउनु प्रक्रिया मात्र होइन, कला पनि हो । ज्ञान हुनु वा विषयमा पोख्त हुनु मात्र शिक्षणका निम्ति आवश्यक पर्ने गुण होइन । शिक्षकमा पढाउने कला पनि हुन जरुरी छ । ज्ञान अनि कला दुवै हुनु उत्कृष्ट शिक्षकको परिचय हो । अहिले २१औँ शताब्दीका विद्यार्थी शिक्षक...

हामी महान शिक्षक

हामी महान शिक्षक सर्व ज्ञाता हौ । आफूले अध्यापन गर्ने बिषयबस्तु बाहेक अरु सबै विषयको पूर्ण ज्ञान हामीमा छ । त्यसैले त हामी हरेक परि घटनालाई मिहिन रूपले विश्लेषण गर्न सक्छौ । दुनियाको कुनै पनि विश्लेषकले हामी संग टक्कर लिन सक्दैन ।  हामी फेसबुक चलाउन सक्छौ, म्यासेन्जर चलाउन सक्छौं। भाइबर ह्वाट्स् एप चलाउँछौ । युट्युव मा राम्रा राम्रा गीत हेर्छौ । केवल हामीले चलाउन नसक्ने भनेको त त्यही सिकाइ को मोबाइल एप्लि केशन, पावर पोइन्ट, वोर्ड र एक्सेल मात्र हो ।  हामी शिक्षक प्रकाश झै तेज गतिमा कुद्न सक्छौ । चाहे घरबाट स्कूल जाँदा होस् वा स्कूल बाट घर फर्किँदा होस् । केवल हाम्रो गति सुस्ताउने भनेको त अफिस देखि कक्षा कोठा सम्म पुग्दा अनि कक्षा भित्र रहुन्जेल मात्र हो ।  हामी शिक्षक उपदेश, सल्लाह र परामर्श दिन माहिर छौ । दुनियाँ कसरी बदल्न सकिन्छ त्यो हामीलाई राम्रोसँग थाहा छ । केवल बदलिन नसकेको त स्वयं हामी मात्रै हो । 

गण्डकी प्रदेशको शिक्षा नीति तथा कार्यक्रम

प्रदेशको धनः दक्ष जनशक्ति उत्पादन   प्रादेशिक शिक्षा नीति, कानून र मापदण्ड तयार गरी कार्यान्वयनमा ल्याइनेछ। आगामी दुई वर्षभित्र गण्डकी प्रदेशलाई  पूर्ण  साक्षर प्...

सुशासन र यसका आयाम

असल शासन र कुशल प्रशासन : सुशासन डा टोक राज पाण्डे राज्य संयन्त्रलाई जनमुखी बनाई नागरिकको अपेक्षाअनुरूप प्रभावकारी छिटो, छरितो र प्रभावकारी सेवाका माध्यमबाट नागरिकल...