चैतमा सम्पन्न एसएलसी परीक्षामा सहभागी विद्यार्थीमध्ये लगभग ४४ प्रतिशत (४३.९२) पास भए, बाँकी फेल। फेल हुनेमा सरकारी स्कुलका बढी, दुई तिहाईभन्दा पनि धेरै। परीक्षा नियन्त्रण कार्यालयका अनुसार यसपालि निजीका ९३.२५ र सरकारी स्कुलका २८.१९ प्रतिशतले मात्रै एसएलसी पास गरे। एसएलसी पास गर्न नसकेकै कारण तीनजनाले आत्महत्या गरेको दुःखद समाचार सार्वजनिक भएको छ। परोपकारमा भन्दा परपीडामा रमाउने समाज, हचुवा शिक्षा नीति र सरकारी ओहोदामा बस्नेले जिम्मेवारीको नाममा माखो पनि मार्न नपर्ने अनुत्तरदायी परिपाटी रहेको यस मुलुकमा अझै कति वर्षसम्म निर्दोष कर्णधारले कलिलै उमेरमा इहलीला समाप्त गर्ने कहालीलाग्दो बाटो समात्ने हुन् ठेगान छैन। एसएलसी परीक्षाको समग्र नतिजामा कोही पनि सन्तुष्ट हुँदैन, बर्सेनि। सरकारी स्कुलको नतिजाले त झन् निराश बनाउँछ। शिक्षामा राज्यले गरेको लगानी, निर्धारण गरेको प्राथमिकता र सरकारी स्कुलका गुरुहरुको योग्यताको कोणबाट हेर्दा 'प्रयास' र परिणामबीच डरलाग्दो विरोधाभाष मात्रै भेटिँदैन एउटा सचेत नागरिक ढुक्कै काम गर्न पाउने अन्य सरकारी निकायभित्रको अवस्थाबारे समेत सोच्न बाध्य ह...
A Complete Educational Blog