सरकारी कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा नै पढाउनुपर्छ भन्दा एक शिक्षकको जागीर चट् भएको छ । सो माग राख्दै अदालत पुगेपछि निज शिक्षकलाई सरकारले बर्खास्त गरेको छ । उनले केहि दिन पहिला सरकारी विद्यालयको अवस्था विग्रीएको र यसको सुधारका लागि सम्पूर्ण सरकारी कर्मचारीहरुले अनिवार्य रुपमा सरकारी विद्यालयमा पढाउनुपर्ने माग गर्दै अदालतमा मुद्धा दायर गरेका थिए । उनको मुद्धामा सुनुवाइ गर्दै भारतको इलाहाबाद उच्च अदालतले सम्पुर्ण सरकारी तलव सुविद्या खाने कर्मचारीहरुले अनिवार्य रुपमा प्राथमिक तहमा पढाउनुपर्ने फैसला गरेको थियो । फैसलापछि उत्तरप्रदेश राज्यका सम्पूर्ण सरकारी सुविधा लिने मन्त्री, सांसद, विधायक, डाक्टर, वकिल, कर्मचारी शिक्षकहरुले अनिवार्य रुपमा आफ्ना छोराछोरी सरकारी विद्यालयमा पढाउनुपर्ने भएको छ । यस फैसलाबाट आगो बनेको सरकारले मुद्धा दायर गर्ने शिक्षक पाठकलाई जागीरबाटै बर्खास्त गरेको हो । विना जानकारी १२ दिनसम्म विद्यालयमा गैरहाजीर भएको आरोप लगाउँदै जिल्लाशिक्षा कार्यालयले उनलाई जागिरबाट बर्खास्त गरेको हो । तर शिक्षक पाठकले भने आफुले विद्यालयबाट विदा लिएरै गयल भएको दावी ग...
A Complete Educational Blog