गोरखा, १२ असार । यहाँका चेपाङ्ग विद्यार्थीहरूले विगत २१ वर्षदेखि निरन्तर छात्रवृत्ति पाउँदै आएका छन् । नियमित रुपमा विद्यालयमा कमै देखिने चेपाङ बालबालिकाहरू छात्रवृत्ति पाउने दिनमा भने सबैजना विद्यालय आउने गर्दछन् । जिल्लाको घ्याल्चोक, मकैसिङ, ताक्लुङ, ताङ्लिचोक, भूम्लिचोक गाविसमा चेपाङ्ग समुदायको बसोबास रहेको छ । आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानको सीमान्तकृत, लोपोन्मुख, चेपाङ्ग विकास कार्यक्रमबाट आएको रकम र जिल्ला विकास समिति गोरखाको रु एक लाख ५० हजार गरी कुल पाँच लाख २५ हजारको विद्यालय पोशाक र शैक्षिक सामग्री ती बालबालिकालाई वितरण गरिएको हो । प्राथमिक, निम्न माध्यमिक, माध्यमिक र उच्च माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई तहगत रुपमा निमावि र प्रावि तहका लागि ६५०, मावि तहका लागि रु एक हजार ५० र उच्च मावि तहका विद्यार्थीलाई रु दुई हजार ५० वितरण गरिएको छ । जिल्लामा यो कार्यक्रम आव ०४८÷०४९ बाट सुरु भएको स्थानीय विकास अधिकारी महेश बरालले बताउनुभयो । त्यस क्षेत्रमा रहेका २२ विद्यालयका एक हजार ३२ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको पू...