काठमाडौं : परीक्षा नियन्त्रण कार्यालय (पनिका) सानोठिमीले आगामी वर्षदेखि प्रवेशिका (एसएलसी) परीक्षाको नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक गर्ने भएको छ। पहिलो चरणमा ९९ विद्यालयको परीक्षाको नतिजा मात्र ग्रेडिङ प्रणालीमा सार्वजनिक गरिनेछ। यो प्रणालीबाट नतिजा सार्वजनिक भएपछि अहिलेजस्तो विद्यार्थीलाई उत्तीर्ण र अनुत्तीर्ण भनेर छुट्ट्याइने छैन। विद्यार्थीले पाएको अंकका आधारमा 'क, ख, ग, घ' वा 'ए, बी, सी, डी' मा श्रेणी छुट्ट्याएर प्रमाणपत्र दिइनेछ। विद्यालय क्षेत्र सुधार योजना (एसएसआरपी) अनुसार परीक्षणका रूपमा गत वर्षदेखि ती ९९ विद्यालयमा प्राविधिक धारको पढाइ सुरु गरिएको हो। ती विद्यालयमा प्राविधिक धारअन्तर्गत कक्षा ९ देखि इन्जिनियरिङ, ओभरसियर र अन्य प्राविधिक विषयको पढाइ भइरहेको छ। एसएसआरपीअनुसार माध्यमिक तहमा प्राविधिक र साधारण धारका पढाइ हुन्छन्। ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक भएपछि अहिलेजस्तो विद्यार्थीलाई उत्तीर्ण र अनुत्तीर्ण भनेर छुट्ट्याइने छैन। विद्यार्थीले पाएको अंकका आधारमा 'क, ख, ग, घ' वा 'ए, बी, सी, डी' मा श्रेणी छुट्ट्य...
A Complete Educational Blog