काठमाडौं १३ साउन / उनले भर्खर १४ वर्ष पुगेर १५ मा पाइला टेके । काँधमा बोकेको ढुंगाले बेलाबेलामा झटारिरहेको हुन्छ उनलाई । शरीरमा जति थकाइ र मनमा पीर भए पनि साथीहरूसँग हाँस्दै–रमाउँदै दिनभरि काँधमा ढुंगा बोक्नु उनको दैनिकी हो । प्युठान जबरा गाविस–७ का चुमान बोहोरा गाउँमा कक्षा ६ मा पढ्छन् । उनीजस्तै अरू २४ जना बालबालिका विद्यालयमा बर्खेबिदा भएको मौका छोपेर पढाइखर्च जुटाउन काम खोज्दै गुल्मी सदरमुकाम तम्घास आइपुगेका छन् । उनीहरू कक्षा ६ देखि ९ सम्म पढ्दै गरेका छन् । घरको आर्थिक स्थिति कमजोर भएका कारण आमाबाबुले विद्यालय जान जेनतेन कापीकलम किनिदिए पनि अन्य खर्च जुटाउन उनीहरूलाई मुस्किल पर्छ । पढाइखर्च जुटाउन काम खोज्दै वर्षेनि तम्घास आउने गरेको उनीले बताए । ‘हाम्रो परिवार ठूलो छ, बाआमाले दिनभर अरूको मेलापात गरेर कमाउनुहुन्छ । एक महिना स्कुल छुट्टी छ, त्यही भएर काम गर्न आएको’, अर्खा माविको कक्षा ९ मा पढ्ने हरि रानाले भने । उनीहरूले मजदुरी गरेर दैनिक तीन सय ५० रुपैयाँसम्म कमाउने गरेका छन् । यसबाट खाना खर्च कटाएर दैनिक एक सय ५० रुपैयाँ बचत गर्ने गरेका छन् । ‘यही...
A Complete Educational Blog