ललितपुर, ७ वैशाख ‘विद्यालय क्षेत्र सुधार कार्यक्रम’अन्तर्गत सरकारले सन् २०१५ सम्म विद्यालय छाड्नेको संख्या शून्य बनाउने लक्ष्य राखेको भए पनि ललितपुरको पूर्वी क्षेत्रमा पर्ने लामाटारको लाँकुरीभन्याङमा बीचमा पढाइ छाड्ने विद्यार्थीको संख्यामा कमी आउन सकेको छैन । प्राथमिक तहबाट निम्नमाध्यमिक तह र निम्नमाध्यमिक तहबाट माध्यमिक तहमा जाँदा विद्यालय छाड्नेको संख्या बढी देखिएको हो । अभिभावकको बेवास्ता नै अधिकांश विद्यार्थीको विद्यालय छाड्नुको कारण बनिरहेको शिक्षकहरू बताउँछन् । प्रत्येक शैक्षिक सत्रमा झन्डै ७÷८ प्रतिशतसम्म विद्यार्थीले बीचैमा विद्यालय छाड्ने गरेको बासुकी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजनकुमार चन्द बताउँछन् । उनका अनुसार विद्यालयले विभिन्न किसिमका कार्यक्रमबाट आकर्षित गर्न खोजेको भए पनि ‘ड्रप आउट’ कम हुन सकेको छैन । ‘बालबालिकाको बुझ्ने उमेर भइनसक्ने हुँदा अभिभावकका लागि लक्षित कार्यक्रमसमेत सञ्चालन गर्दै आएका छौं,’ उनले भने । विद्यालयमा अधिकांश तामाङ समुदायका बालबालिका अध्ययनरत छन् । झन्डै ९५ प्रतिशत अभिभावक अशिक्षित भएका कारण बालबालिकाले बीचमा पढाइ छाड्ने क्रम नरोकि...
A Complete Educational Blog