भूमिराज शर्मा १६ श्रावण, पर्वत। जिल्लाका बिभिन्न सामुदायिक विद्यालयहरुले शुक्रबारदेखि नयाँ स्थायी शिक्षक पाउने भएका छन् । शिक्षक सेवा आयोगबाट सिफारिस भई आएका माबि र निमावि तहका शिक्षकहरुका हातमा जिल्ला शिक्षा कार्यालय पर्वतले बिहीबार नियुक्ति पत्र दिए पछि उनीहरु अब बिद्यालय प्रवेश गर्ने भएका हुन् । जिशिका पर्वतले मावि तहका ४० जना र निमावि तहका ५८ गरी कुल ९८ जना स्थायी शिक्षकहरुलाई नियुक्ति पत्र दिई विद्यालयहरुमा खटाइसकेको छ भने ४८ जना प्राथमिक तहका शिक्षकहरुको नियुक्ति पनि छिट्टै गरिने बताइएको छ । यस पटकको शिक्षक सेवा आयोगको परीक्षामा पर्वतमा सबै तहमा गरी १४६ जना शिक्षकहरु नियुक्तिका लागि सिफारिस भई आएका थिए । शिक्षा बिभागको निर्देशन अनुसार प्राथमिकता क्रम तोकी नियुक्ति दिएपछि सम्बन्धित तहमा कार्यरत शिक्षक, अपाङ्ग, र महिलाहरुले सुगम तथा रोजेको विद्यालयमा नियुक्ति पाएपछि खुसी भएका छन् । उता शिक्षक सेवा आयोगको एकिकृत योग्यताक्रममा अगाडि भएका शिक्षकहरु भने शिक्षा विभागको निर्देशन कार्यान्वयन सँगै केही निराश देखिन्थे । उनीहरुले मेरिट लिस्टको १ न...
A Complete Educational Blog